बागलुङका ५७ वटा स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना गरिएको छ । नेपाल सरकारले तयार गरेको मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन गरिएको हो । गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना भए पछि घर हुने सुत्केरीको संख्या कमीहुँदै गएको छ ।
आफ्नै गाउँ ठाउँको स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना हुँदा गर्भवती नियमित गर्भ परीक्षणको लागि आउनुका साथै संस्थागत सुत्केरीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।