खोटाङ : प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिएको छ।ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्ककी २९ वर्षीया विमला थापा राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो।प्रसूति व्यथाले पीडित उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेकाले थप उपचारका लागि प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ।