पर्यटन विभागको निर्देशन : विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाऊ

९ फागुन, काडमाडौं । पर्यटन विभागले विना इजाजत साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ । कानुनअनुसार तोकिएको प्रक्रिया पुरा नगरी यस्तो पूर्वाधार तथा क्रियाकलाप सञ्चालन गरेमा कारवाही हुने समेत विभागले बताएको छ । नेपालमा पछिल्लो समय बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्यूजमेन्ट पार्क, फन पार्कजस्ता […]

सम्बन्धित सामग्री

ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।...

तावाभञ्ज्याङको पर्यटन विकासमा मन्त्री किराँती प्रतिबद्ध

खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।...

मकैबारीमा बन्यो आकर्षक पर्यटकीय पूर्वाधार

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ । विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना …

पर्यटन पूर्वाधारले समृद्ध बन्दै धौलागिरि

म्याग्दी : पछिल्ला तीन वर्षयता धौलागिरि क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणको क्रम तीव्र भएपछि यस क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। वैदेशिक रोजगारी र कला संस्कृतिले सम्पन्न यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक पनि आकर्षित भएका छन्। यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको क्षेत्र भनेर पनि चिनिन थालेको छ।साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधिमा दुई

पर्यटकीय पूर्वाधार निर्माणमा अगाडि भीमदत्त नगरपालिका

कञ्चनपुर : पर्यटन प्रवर्द्धन गर्न भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ। नगरपालिकाले ५ वर्षमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै केही नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको छ।‘पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागमन बढाएका छौं,’ नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘नगर पर्यटन विकास समिति गठन गरि पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्‍याएका छौं।’ उनका अनुसार ७७ वटै जिल्लाको प्रतिनि

बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा

बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ ।  नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत  विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ ।  ...

प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र हो । तर, यो प्रदेशमा पर्याप्त पर्यटकीय सम्भावना रहेर पनि उपयोग हुन नपाएको सरोकारका पक्षको भनाइ छ । प्रदेशका धार्मिक र प्राकृतिक आकर्षणका स्थलहरू पर्यटक भित्र्याउने मुख्य आधार हुन् । प्रदेश राजधानी जनकपुरको धार्मिक सम्बन्ध भारतको अयोध्यासित जोडिएको छ । यो सम्भाव्यता प्रदेश २ मा धार्मिक पर्यटक भित्र्याउने मूल आधार हो । तर, विवाह पञ्चमीका अवसरमा हुने औपचारिकताबाहेक पर्यटन प्रवर्द्धनका लागि उल्लेख्य काम हुन सकेको छैन । जनकपुर र अयोध्याबीच भगिनी सम्बन्ध विकास गर्ने योजना बनेको पनि हो । यो योजनाले गति लिन सकेको छैन । नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्ज र आपासका जिल्लाका अन्य धार्मिक स्थलहरूलाई पर्यटन प्रवर्द्धनको उद्देश्यसँग जोड्न सकिने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । वीरगञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ । तर, यो स्थलले पर्यटक आकर्षित गर्न सकेको छैन । पर्सा निकुञ्जको पर्यटकीय महत्त्वलाई उजार गर्न निजीक्षेत्र अग्रसर देखिएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल पर्सा निकुञ्जलगायत प्रदेश २ का पर्यटकीय सम्भाव्यताको उपयोगका लागि पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता औंल्याउँछन् । ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा लगानीको खाँचो छ । सरकारले यसमा निजीक्षेत्रसँग सहकार्य गर्न सक्छ,’ अध्यक्ष अग्रवालले भने । फोरमले पर्सा निकुञ्जमा पर्यटकीय पूर्वाधार र यसको सम्भाव्यता दोहनको अभियान अघि बढाएको छ । प्रदेश २ मात्र यस्तो प्रदेश हो, जसका आठैओटा जिल्लाको सिमाना भारतसँग जोडिएको छ । यो विशेषता प्रदेशमा भारतीय पर्यटक भित्र्याउन सहज हुन सक्छ । यो प्रदेशसँग भारतको ठूलो जनसंख्या बसोवास गर्ने विहार राज्यसँग सिमाना जोडिएको छ । उत्तर प्रदेश र पश्चिम बंगालसँग सहज सम्पर्क छ । यी विशेषता भारतीय पर्यटक भित्र्याउने बलिया आधार भए पनि यसको उपयोगमा रणनीतिक योजनाको अभाव देखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । केही दिनअघि निजीक्षेत्रको पहलमा बाराको सिमरादेखि पोखरासम्म हवाई सेवा शुरू भएको छ । भारतबाट वीरगञ्ज हुँदै पोखराका लागि आउन चाहाने पर्यटकलाई आकर्षित गर्न हवाई सेवा विस्तार गरिएको हो । ‘२ नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्छ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो । प्रचारप्रसारकै बलमा नजिकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन्,’ अध्यक्ष पन्तले भने ।

सरकारको दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

आठराई गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना भएको क्षेत्र हो। यहाँका ऐतिहासिक, धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटन हबका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न कार्य प्रारम्भ गरिएको छ।