बडीमालिकामा पर्यटन गुरुयोजनाः मौलिक सम्पदा र धार्मिक क्षेत्र प्राथमिकतामा

बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ ।  नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत  विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ ।  ...