मकैबारीमा बन्यो आकर्षक पर्यटकीय पूर्वाधार

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ । विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना …

सम्बन्धित सामग्री

बजेटको उपेक्षामा रारा सडक र कर्णाली प्रतिष्ठान

मुगुस्थित रारा ताल नेपालकै आकर्षक पर्यटकीय गन्तव्य हो । नेपालकै सबैभन्दा ठूलो प्राकृतिक रारा ताल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा छ । तर पर्यटकीय पूर्वाधार अभावले पछिल्लो वर्षमा रारामा आउने पर्यटकको संख्या घट्दै गएको पाइन्छ । रारा जाने मुख्य पर्यटकीय मार्ग नाग्म–गमगडी सडक हो । करिब एक दशक पहिलादेखि सञ्चालनमा आएको उक्त सडक स्तरवृद्धि नहुँदा […]

पर्यटनमा उच्च व्यवस्थापन आवश्यक

नेपालमा आर्थिक विकासको चाहना निकै बढेको छ । राजनीतिक परिदृश्यसँग भन्दा आर्थिक विकास र अर्थतन्त्रसँग धेरैको चासो रहने गरेको छ । यद्यपि राजनीति र आर्थिक विकासको सम्बन्ध रहेको हुन्छ । नेपाल अपेक्षित रूपमा आर्थिक विकासको गतिमा अघि बढ्न नसक्नुमा राजनीतिलाई नै प्रमुख अवरोध मानिएको छ । अर्थतन्त्रका विविध आयाम हुन्छन् । देशको आर्थिक विकासका लागि सम्भावनाका विविध क्षेत्र रहेका छन् । तीमध्ये पर्यटन एक हो । नेपालको भौगोलिक संरचना नै एउटा महत्त्वपूर्ण पूर्वाधार मानिने भएको हुँदा त्यसमा सामान्य लगानी गरेर पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ । पर्यटक बढिरहेका छन्, तर त्यसको अनुपातमा तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन । कुनै पनि स्रोत चाहे मानवीय होस् वा प्राकृतिक, त्यसको सही परिचालन गर्न चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापन हो । नेपालमा उत्कृष्ट व्यवस्थापक नभएको वा भएका व्यवस्थापकले काम गर्न नपाएकाले नै सबैजसो काम लथालिङ्ग पाराको देखिन्छ । पर्यटनमा सही व्यवस्थापन भयो भने कत्तिको सफलता मिल्छ भन्ने कुरा भारतमा अमिताभ कान्तले इन्क्रिडिबल इन्डिया अभियानबाट पर्यटनको लहर ल्याएबाट स्पष्ट हुन्छ । त्यतिबेला होटेलको अकुपेन्सी दर १० देखि १५ प्रतिशत थियो । विश्वमा देखिएको अन्योलले गर्दा कतिपय देशले पर्यटनका गतिविधि नै रोकेको थिए । तर, यही संकटका बेलामा कान्तले यो अभियान चलाएर भारतीय पर्यटन क्षेत्रमा ठूला परिवर्तन ल्याए । अहिले भारतीय पर्यटन जति फस्टाएको छ त्यो यही जगको कारणले हो । कान्त तिनै व्यक्ति हुन् जसले अतिथि देवो भव, मेक इन इन्डिया, स्टार्ट अप इन्डिया र गड्स आउन क्रन्टीजस्ता अभियानको नेतृत्व लिएका छन् । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार २०२१ मा भारतको कुल जीडीपीमा पर्यटनको योगदान ५ दशमलव ८ प्रतिशत पुगेको थियो । २०३१ सम्ममा यो बढेर ७ प्रतिशत नाघ्ने अनुमान गरिएको छ । ट्राभल एन्ड टुरिजम कम्पिटिटिभनेस इन्डेक्समा १४० देशमध्ये भारत ३४औं स्थानमा रहेको छ । भारतमा प्रतिवर्ष ७ प्रतिशतभन्दा बढी दरले पर्यटक आगमनको संख्या बढिरहेको छ । यसरी भारतमा पर्यटन क्षेत्रले गति लिनुमा कान्तको योजना र नाराले काम गरेको देखिन्छ । तर, कान्तले इन्क्रिडिबल इन्डियाको नारा ल्याउनुअघि नै नेपालले भ्रमण वर्ष मनाए पनि पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्न सकेन । त्यसयताका भ्रमण वर्ष र अन्य कार्यक्रम प्रभावकारी नदेखिनुमा उच्च व्यवस्थापनको क्षमता नहुनु नै हो । पर्यटन विश्वको फस्टाउँदो धूवाँरहित उद्योग हो । गरीबी निवारणमा यसको महत्त्वपूर्ण योगदान रहन्छ । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनमा १० दशमलव ४ प्रतिशत र विश्वको कुल रोजगारीमा ९ दशमलव ९ प्रतिशत योगदान गरेको छ । विश्वका ८ उच्च शिखर र विशेष भूबनोट,  पर्वतारोहण तथा साहसिक यात्राका लागि अनुकूल क्षेत्र, हिन्दू र बौद्ध धर्मावलम्बीको पुण्यभूमि तथा अनुकूल हावापानीले नेपाल विश्वकै एक आकर्षक गन्तव्य मानिन्छ । तर, नेपालको जीडीपीमा यसको योगदान ३ देखि ५ प्रतिशतको हाराहारी मानिएको छ । हामीसँग सही तथ्यांकसमेत छैन । विश्वको एकतिहाइ जनसंख्याको बीचमा रहेको नेपालको पर्यटकीय सम्भावना निकै उच्च छ । लोन्ली प्लानेटलगायत विभिन्न संस्थाले नेपालका कुनै न कुनै ठाउँलाई विश्वको घुम्नलायक ठाउँमा पार्ने गरेका छन् । तर, त्यसरी तिनले सित्तैमा गरिदिएको प्रचारलाई समेत हामीले उपयोग गर्न सकेका छैनौं । यो भनेको हाम्रो व्यवस्थापन क्षमता कमजोर हुनु नै हो । दक्षिण एशियामा भित्रने पर्यटकमध्ये करीब ६ प्रतिशतको अंश नेपाल आउँछन् । नेपालमा करीब ३० जनाको भागमा १ पर्यटकमात्र पर्ने आउने देखिन्छ । अन्य देशको दाँजोमा यो निकै कम हो । यसले पर्यटनमा गुणस्तरीय सेवा दिन नसकेको तथ्यलाई उजागर गर्छ । पर्यटकीय दृष्टिबाट नेपाल निकै सम्भावना बोकेको मुलुक भए तापनि यसको विकास र बिस्तारमा कैयन् अवरोध छन् । कमजोर पर्यटकीय पूर्वाधार, जोखिमपूर्ण यातायात, तालीम प्राप्त जनशक्तिको न्यूनता, सम्बद्ध निकायको कमजोर संस्थागत क्षमता, कमजोर समन्वयका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको देखिन्छ । सम्भावना दोहनका लागि पर्यटन क्षेत्र राम्ररी बुझेको र एउटा निश्चित दृष्टिकोण बोकेको उच्च व्यवस्थापन शीप भएको व्यक्तिलाई यसको नेतृत्व दिनुपर्छ । पटकपटक नारा र कार्यक्रम फेर्ने, तिनको असफलता र सफलताबाट सिकेर नयाँ योजना बनाउन नसक्नेजस्ता कमजोरीकै कारण नेपालको पर्यटन फस्टाउन नसकेको हो । छरिएर रहेका कार्यक्रम र निकाय तथा ती बीच समन्वयको अभाव नै पर्यटनको विकास हुन नसक्नुको कारण मान्न सकिन्छ । पहिले स्वदेश अनि विदेश भन्ने नारा लिए पनि विदेश भ्रमणको क्रम बढेको बढ्यै छ । तर, यसरी विदेश भ्रमणमा जाने नेपालीलाई नेपालको पर्यटनको प्रचारमा प्रयोग गर्न सकिनेतर्फ कुनै काम भएको छैन । त्यस्तै गैरआवासीय नेपालीहरूलाई समेटेर ल्याइएको कार्यक्रम पनि फलदायी देखिएन । गन्तव्य पनि उत्कृष्ट छ, सेवा पनि छ र नेपाल आउन चाहने पनि छन् । तर, तिनको समन्वय हुन नसक्दा नेपालको पर्यटन विनायोजना चलेको छ भन्न सकिन्छ । पर्यटक बढिरहेका छन् तर तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन । साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो । तर, त्यही क्षेत्रमा पर्यटक बढाउन सकिएको छैन । र्‍याफ्टिङमा हामीले हाम्रो प्रतिस्पर्धी को हो र हामीकहाँ आउने पर्यटक अहिले कता गए भनेर खोज नै गरेका छैनौं । तथ्य तथ्यांक संकलन गर्ने, विश्लेषण गर्ने र त्यस आधारमा नीति र कार्यक्रम तय नगर्ने हो भने पर्यटनको सम्भावना पनि जलस्रोतमा धनी भन्ने भनाइ जस्तै परम्परामा मात्रै नरहला भन्न सकिँदैन । लेखक पर्यटन व्यवसायी हुन् ।

पर्यटकीय गन्तव्य बन्दै तालपोखरा

पाल्पा । पाल्पाको तालपोखरा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । कोभिडकै बीच पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । अहिले दैनिक ४०० हाराहारीमा पर्यटक आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । ‘माघे संक्रान्तिपछि यहाँ आउने मानिस दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ,’ उनले भने । ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू. ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा सञ्चालनमा छन् । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा शयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । १०० पर्यटकीय गन्तव्यस्थलमा समेटिएको तालपोखरामा हालसालै विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नति सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रूपमा डुंगा चलिरहेको छ । डुंगा शयर गर्न विभिन्न ठाउँबाट मानिसहरू तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताए । अहिले मिनी फेवातालको रूपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदीप पाण्डेयले बताए । प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । ‘एक दशकदेखि तल्लीन भएर समितिले भौतिक पूर्वाधारका काम गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । उनका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । फेवातालको झल्कोस्वरूप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरू गरिएको हो । कोरोनाको कहर शुरू भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजदेखि भने नियमित छ । करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रूपमा परिणत गरिएको हो । रासस

घुम्न आउने होइन त तालपोखरा ?

कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो, यो त फेवाताल जस्तै भएछ त !’ बाल्यावस्थामा ठूलो क्षेत्रफल ओगटेको फराकिलो पोखरीमा साथीहरु मिलेर खेल खेल्ने, रमाउने गरेको ठाउँलाई अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यस क्षेत्रमा व्यवसाय स्थापना गर्ने समेत बढेका छन् । यहाँसम्म आउने जाने पक्की सडक सुविधा पुगेको तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव जनक भण्डारी बताउनुुहुन्छ । पोखराको फेवातालको अनुभूति दिने गरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँटा थपिदिएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा पनि सूचिकृत पर्यटकीय तालपोखरामा हालसालै विभिन्न स्तरोन्नतिका कार्य सम्पन्न भएपछि यसको सुन्दरताले पर्यटक लोभ्याउन थालेको छ ।