यी कम्पनीले दिए ब्रोकर कम्पनीको लाइसेन्सका लागि आवेदन

नयाँ ब्रोकर कम्पनीका लागि दुई दर्जन कम्पनी नेप्सेमा आवेदन दिएका छन् ।

सम्बन्धित सामग्री

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ। साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।  नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो । यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए । आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । वैधानिक रूपमा कारोबार सञ्चालनका लागि योग्य यी कम्पनीहरूले अझै केही काम गर्न बाँकी रहेको पनि दाहालले जानकारी दिए । ‘अब यी कम्पनीले नेप्सेको कारोबार सञ्चालनका लागि आवश्यक सम्झौता गर्नुपर्नेछ,’ दाहालले भने, ‘त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिए नेप्सेले गो लाइभको पत्र दिन्छ ।’ दाहालका अनुसार राफसाफका लागि नयाँ ब्रोकर कम्पनीले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता लिनुपर्छ । असारभित्रै कारोबार शुरू गर्ने तयारीमा जुटेका यी कम्पनीले बाँकी काम सम्पन्न गरी योजनाअनुरूप कारोबार थाल्न सक्ने दाहालले जानकारी दिए । अब बाँकी काम :      नेपाल स्टक एक्सचेन्जसँग सम्झौता     परीक्षणका लागि मक ट्रेडिङ      सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता सातओटै कम्पनी सीमित कार्य गर्ने ब्रोकर हुन् । नेपाल धितोपत्र बोर्डले पूँजीका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स दिएको छ । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर खरीदविक्रीसँगै डिपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायराको दोस्रो तहको ब्रोकरका लागि ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्तापूँजी तोकिएको छ ।  बोर्डले ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र दिएकोमा १८ लाई लाइसेन्स दिइसकेको छ । बोर्डबाट लाइसेन्स पाएका १८ कम्पनीमध्ये सातले नेप्सेको सदस्यता पाएका हुन् । थप १० कम्पनीले पनि नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।  बोर्डबाट लाइसेन्स प्राप्त गरेको नयाँ ब्रोकर कम्पनी केविएल सेक्युरिटिज लिमिटेड भने पुरानो ब्रोकर कम्पनीसँग मर्जरमा जान लागेकाले नेप्सेको सदस्यता माग्न गएको छैन । हाल सञ्चालनमा रहेको ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्राइभेट लिमिटेडसँग मर्जरमा जाने तयारी स्वरूप दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग मर्जरका लागि अनुमति मागेका छन् । पूँजीका हिसाबमा बलिया कम्पनी बजारमा भित्रिन लाग्दा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा नियामक निकाय र सरोकारवालाको छ । बोर्डले गत असोज २ देखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

ब्रोकर लाइसेन्स पाएका सात कम्पनीले सदस्यताका लागि दिए नेप्सेमा निवेदन

काठमाडौं । ब्रोकर लाइसेन्स पाएका सात कम्पनीहरूले सदस्यताका लागि नेपाल स्टक एकसचेन्ज (नेप्से) मा आवेदन दिएका छन् । आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ८ गते ब्रोकर लाइसेन्स प्रदान गरेको थियो । ती कम्पनीहरूले आफ्नो सेवा शुरू गर्न नेप्सेसँग सदस्यता माग गरेका हुन् । नेप्सेले सदस्यता प्रदान गरेपछि नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सेवा शुरू गर्ने जानकारी नयाँ ब्रोकर कम्पनीहरूले दिएका हुन् । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको बोर्डले अहिलेसम्म सात कम्पनीलाई मात्र लाइसेन्स वितरण गरेको हो । बोर्डले भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।  नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूले आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले बोर्डले तय गरेबमोजिमको आवश्यक पूर्वाधार तयार गरेपछि ब्रोकर लाइसेन्स वितरण गरेको जानकारी दिएको छ । पछिल्लो समय आशयपत्र प्राप्त गरेकामध्ये केही कम्पनीले पूर्वाधार तयार गरी बोर्डमा अन्तिम स्वीकृतिको माग गरेको जानकारीसमेत बोर्डका अध्यक्ष रमेशकुमार हमालले दिएका छन् । ती कम्पनीहरूले तयार गरेको पूर्वाधार अनुगमन गरी अन्तिम स्वीकृति दिने जानकारीसमेत बोर्डका अध्यक्ष हमालले दिएका छन् । बोर्डले पहिलो चरणमा चुक्तापूँजीका आधारमा सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो । बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरूमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकरहरू रहेका छन् ।

सात कम्पनीले पाए  ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।  जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् ।  सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।  गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ ।  पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ ।

नयाँ ब्रोकर लाइसेन्समा आरोप–प्रत्यारोप

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ब्रोकर कम्पनीले विरोध जनाएका छन् । उनीहरूले नयाँ ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न मागसमेत गरेका छन् ।  बोर्डले...

धितोपत्र बोर्डले २१ दिनभित्र ब्रोकर शाखा विस्तारको अनुमति दिने

नेपाल धितोपत्र बोर्डले योग्य ब्रोकर कम्पनीले शाखा विस्तार गर्न चाहेको खण्डमा २१ दिनभित्र अनुमति दिन तयार रहेको बताएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले ब्रोकर शाखा विस्तार गर्नका लागि आगामी दिनमा...

आफ्नै टिएमएस चलाउन ३४ ब्रोकर तयार

३४ ब्रोकर कम्पनीहरू आफ्नै टिएमएस चलाउन तयार भएका छन् । बाँकी १६ ब्रोकर कम्पनीले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै टिएमएस चलाउने नेपाल ब्रोकर एसोसिएसनले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३३ ब्रोकरले...

४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र […]

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीको आवेदन, ११ बैंक पनि इच्छुक

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले २ असोजमा इच्छुक कम्पनीलाई आवेदन दिन माग गरेको थियो । ४५ वटा कम्पनीमध्ये ११ वटा वाणिज्य बैंकका सहायक कम्पनी...

बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो । संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि […]