सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।  नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो । यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए । आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । वैधानिक रूपमा कारोबार सञ्चालनका लागि योग्य यी कम्पनीहरूले अझै केही काम गर्न बाँकी रहेको पनि दाहालले जानकारी दिए । ‘अब यी कम्पनीले नेप्सेको कारोबार सञ्चालनका लागि आवश्यक सम्झौता गर्नुपर्नेछ,’ दाहालले भने, ‘त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिए नेप्सेले गो लाइभको पत्र दिन्छ ।’ दाहालका अनुसार राफसाफका लागि नयाँ ब्रोकर कम्पनीले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता लिनुपर्छ । असारभित्रै कारोबार शुरू गर्ने तयारीमा जुटेका यी कम्पनीले बाँकी काम सम्पन्न गरी योजनाअनुरूप कारोबार थाल्न सक्ने दाहालले जानकारी दिए । अब बाँकी काम :      नेपाल स्टक एक्सचेन्जसँग सम्झौता     परीक्षणका लागि मक ट्रेडिङ      सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता सातओटै कम्पनी सीमित कार्य गर्ने ब्रोकर हुन् । नेपाल धितोपत्र बोर्डले पूँजीका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स दिएको छ । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर खरीदविक्रीसँगै डिपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायराको दोस्रो तहको ब्रोकरका लागि ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्तापूँजी तोकिएको छ ।  बोर्डले ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र दिएकोमा १८ लाई लाइसेन्स दिइसकेको छ । बोर्डबाट लाइसेन्स पाएका १८ कम्पनीमध्ये सातले नेप्सेको सदस्यता पाएका हुन् । थप १० कम्पनीले पनि नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।  बोर्डबाट लाइसेन्स प्राप्त गरेको नयाँ ब्रोकर कम्पनी केविएल सेक्युरिटिज लिमिटेड भने पुरानो ब्रोकर कम्पनीसँग मर्जरमा जान लागेकाले नेप्सेको सदस्यता माग्न गएको छैन । हाल सञ्चालनमा रहेको ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्राइभेट लिमिटेडसँग मर्जरमा जाने तयारी स्वरूप दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग मर्जरका लागि अनुमति मागेका छन् । पूँजीका हिसाबमा बलिया कम्पनी बजारमा भित्रिन लाग्दा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा नियामक निकाय र सरोकारवालाको छ । बोर्डले गत असोज २ देखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

सम्बन्धित सामग्री

‘नयाँ ब्रोकर आएपछि बजार प्रतिस्पर्धात्मक भएको छ’

नयाँ ब्रोकर सञ्चालनमा आएपछि सेयर बजार प्रतिस्पर्धात्मक भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । नयाँ ब्रोकर कम्पनीको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ ब्रोकरको...

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । योेसँगै बोर्डबाट धितोपत्र कारोबार गर्नका लागि लाइसेन्स...

नयाँ ब्रोकर लाइसेन्स फेरि अन्योलमा

धितोपत्रको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया फेरि अन्योलमा परेको छ । संसद्को अर्थ समितिले सोमबार सरकारलाई ब्रोकर लाइसेन्ससम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काललाई स्थगन गर्न निर्देशन दिएको छ । ४३ कम्पनीलाई आशयपत्र र १८ कम्पनीलाई...

नयाँ ब्रोकर लाइसेन्समा आरोप–प्रत्यारोप

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ब्रोकर कम्पनीले विरोध जनाएका छन् । उनीहरूले नयाँ ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न मागसमेत गरेका छन् ।  बोर्डले...

समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकर कारबाहीमा

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ वटा सेयर ब्रोकर पनि कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर-४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर-४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर-२९) कारबाहीमा परेका हुन् । नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी […]

आफ्नै टिएमएस चलाउन ३४ ब्रोकर तयार

३४ ब्रोकर कम्पनीहरू आफ्नै टिएमएस चलाउन तयार भएका छन् । बाँकी १६ ब्रोकर कम्पनीले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै टिएमएस चलाउने नेपाल ब्रोकर एसोसिएसनले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३३ ब्रोकरले...

४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र […]

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) का सूचना अभिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ । सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै […]

ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, साउन १० । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]