चीनले भारतसँगको सीमाक्षेत्रमा बोर्डर डिफेन्स भिलेज बनाउने रणनीति अपनाएको भारतीय विश्लेषकहरूले बताएका छन् ।
विभिन्न समाचारहरूमा उल्लेख भएअनुसार, चिनियाँ कम्युनिस्ट पार्टीका क्याडरहरू यी गाउँहरूमा तैनाथ गरिएका छन् । उनीहरू शत्रु शक्तिबाट हुने घुसपैठ रोक्न बसेका हुन् ।
चीनको यस रणनीतिको एक महत्त्वपूर्ण हिस्सा भनेको संरचना निर्माण हो ।
सन् २०१९ मा चीन सरकारले तिब्बतको राजधानी ल्हासालाई सिचुआन प्रान्तसँग रेलमार्गममार्फत जोड्नका लागि सुरुङ र पुल बनाएको छ । नयाँ रेल लिंक चीनका लागि रणनीतिक रूपमा महत्त्वप...