काठमाडौं। कोरोनाको दोस्रो लहरले भयावह स्थिती बनाएको भारतलाई तेस्रो लहरको सम्भावनाले चिन्तित बनाएको छ। विज्ञहरुले दोस्रो लहर चलिरहेको समयमा तेस्रो लहरको चेतावनी दिएपछि भारतमा चिन्ता थपिएको हो। भारत सरकारकै प्रमुख वैज्ञानिक सल्लाहकारले तेस्रो लहर आउने चेतावनी दिइसकेका छन्। यही डरले भारतमा देशव्यापी पूर्ण लकडाउनको आवाज उठ्न थालेको छ।