पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि हवाई हमला गरे त्यसको जवाफ पनि उस्तै आक्रामक तरिकाले दिइने बताएका छन्।कतारको न्यूज च्यानल अल–जजिरालाई दिएको अन्तर्वार्तामा इमरान खानले यस्तो बोलेका हुन्।इमरान खानले भारत र पाकिस्तानबीच आणविक युद्धको सम्भावनालाई लिएर भने, 'यदि भारतले हवाई हमला गरे उसलाई फेब्रुअरी २०१९ मा दिइएको जस्तै आक्रामक जवाफ दिइनेछ। यदि भाजपाको फासीवादी सरकारले पहिले जस्तै यस्तो हमला गर्यो भने दुई आणविक शक्ति आमनेसामने हुनेछन् र परिणाम भयावह हुनेछ भन्ने