मंसिर ७, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकले मंसिर २८ गते ११औं साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११:१५ मा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।