हमासका वरिष्ठ नेता मुसा अबु मारजुकले हालै बिबिसीलाई एक अन्तर्वार्तामा इजरायलबाट अपहरण गरिएका सबै मानिस हमासको हिरासतमा नभएको बताएका थिए। उनले अपहरणमा परेकाहरूलाई ‘विभिन्न गुट’ले नियन्त्रणमा लिएको बताए।बिबिसीले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा पाँच समूहको संलग्नता रहेको पत्ता लगाएको छ। यद्यपि, यी सबै समूहहरू इजरायलविरुद्ध हिंसामा एकमत छन्। तर यी सबै समूहहरू भावी प्यालेस्टाइनी राज्य कस्तो हुनेछ र यसमा धर्मको कुनै भूमिका छ कि छैन भन्ने कुरामा असहमति छ।त्यस्ता समूहहरू जम्मा कति छन् भन