सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई मोबाइल शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।