चीनमा १६ देखि २४ वर्ष उमेर समूहका झण्डै दुई करोड मानिस बेरोजगार रहेका एक तथ्याङ्कले देखाएको छ । सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको र त्यसमा झण्डै दुई करोड कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको हो ।
तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश गरेको छैन । चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५ दशमलव ३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८ दशमलव २ प्रतिशत पुगेको छ । त्यस्तै जुलाईमा १९ दशमलव ९ प्रतिशत पुगेकोमा अगष्टमा यो दर केही घटेर...