रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप एक एयरलाइन्सले उडान शुरु गरेको छ । हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको हो । निर्माण सम्पन्न भई संचालनमा आएको तीन महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साझ ५ बजे सम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो । पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको हो । यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो प