गौतमबुद्ध विमानस्थलमा यस्तो छ क्यालिब्रेशन फ्लाइटको तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ र आगामी फागुन ९ गते क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो ।यसका

सम्बन्धित सामग्री

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

गौतमबुद्ध विमानस्थलमा १० दिने क्यालिब्रेशन फ्लाइट सुरु

यमलाल भुसाल,बुटवल । भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको १० दिने प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट)  सुरु भएको छ । एरो थाईको विशेष जहाजले शुक्रवारबाट १० दिने प्राविधिक परीक्षण उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेस गन […]

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध विमानस्थल अवतरण

रुपन्देही । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । थाइल्याण्डबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको सो विमान साँझ ५ बजे गौतमबुद्ध विमानस्थलमा ल्याण्ड गरेको हो । विमानस्थलमा जडान भएका उपकरणले काम गरे-नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) […]

गौतमबुद्ध विमानस्थलमा एरो थाईले 'क्यालिब्रेशन फ्लाइट' गर्ने !

काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डकाे एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकर...