गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको अनुमति हिमालय एअरलाई दिने तयारी

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निजी क्षेत्रको हिमालय एअरलाइन्सलाई दिने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको नेपाल वायु सेवा निगमले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने धेरैको अनुमान थियो । तर प्राधिकरणले हिमालय एअरलाइन्सलाई जिम्मेवारी दिने अन्तिम तयारी गरेको छ ।  प्राधिकरणले त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्...