भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

काठमाण्डाै - भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो । यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आ...