छठपछिको महत्वपूर्ण पर्वमध्येको एक ‘भूतमेला’ अर्थात कात्तिक पूर्णिमा पूर्वी तराई मधेसमा आज मनाइँदैछ । बिहानैदेखि कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरको कमला ब्यारेजमा भूत मेलाका अवसरमा स्नान गर्न आउनेको घुइँचो लागेको छ । कात्तिक पूर्णिमा वा कात्तिक स्नान भनिए पनि यो मेलालाई भूत मेलाको रुपमा लिइन्छ । यसमा आत्माको रुपमा कसैको शरीरमा रहेका भूतप्रेत भगाउने तथा घरका देवी देवता (गोसाइँ) राख्ने गरिन्छ । यसका लागि टाढाबाट धामीझाँक्