कमला नदीमा भूत मेला

२२ कात्तिक, जनकपुरधाम । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो । घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने […]

सम्बन्धित सामग्री

भूत मेला : अन्धविश्वास हो कि परम्परादेखि चल्दै आएको आस्था ?

भूतको नाम सुन्नै बित्तिकै जो कोहीको जीउ सिरिङ हुन्छ । तर तराई मधेसमा एउटा यस्तो दिन हो, जुन दिन त्यसको मेला नै लाग्छ । छठ सम्पन्न भएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमा को दिन गंगा किसान, कमला नदीलगायत विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा टाढाका हिजो साँझदेखि हिँडेर या कुनै यातायातको साधनमा र नजिकका भक्तजनहरू गंगा तथा कमला नदी किनारमा पुगेका छन् । तराई मधेसमा परम्परादेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्दै बेवास्ता गर्न थालेका छन् भने बहुसंख्यल