कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ ।  कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले य

सम्बन्धित सामग्री

भूत मेला : अन्धविश्वास हो कि परम्परादेखि चल्दै आएको आस्था ?

भूतको नाम सुन्नै बित्तिकै जो कोहीको जीउ सिरिङ हुन्छ । तर तराई मधेसमा एउटा यस्तो दिन हो, जुन दिन त्यसको मेला नै लाग्छ । छठ सम्पन्न भएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमा को दिन गंगा किसान, कमला नदीलगायत विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा टाढाका हिजो साँझदेखि हिँडेर या कुनै यातायातको साधनमा र नजिकका भक्तजनहरू गंगा तथा कमला नदी किनारमा पुगेका छन् । तराई मधेसमा परम्परादेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्दै बेवास्ता गर्न थालेका छन् भने बहुसंख्यल