कमला नदीमा भूत मेला

काठमाडौँ- कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ । कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराका बीच भक्तजनहरू आकर्षित गर्ने गर्छन् । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ । ...

सम्बन्धित सामग्री

भूत मेला : अन्धविश्वास हो कि परम्परादेखि चल्दै आएको आस्था ?

भूतको नाम सुन्नै बित्तिकै जो कोहीको जीउ सिरिङ हुन्छ । तर तराई मधेसमा एउटा यस्तो दिन हो, जुन दिन त्यसको मेला नै लाग्छ । छठ सम्पन्न भएको नौ दिनपछि अर्थात् कात्तिक शुक्ल पूर्णिमा को दिन गंगा किसान, कमला नदीलगायत विभिन्न मठ मन्दिरमा भूत मेला लाग्ने गरेको छ । टाढा टाढाका हिजो साँझदेखि हिँडेर या कुनै यातायातको साधनमा र नजिकका भक्तजनहरू गंगा तथा कमला नदी किनारमा पुगेका छन् । तराई मधेसमा परम्परादेखि यो मेला लाग्ने गरेको छ । कतिपयले यसलाई अन्धविश्वास भन्दै बेवास्ता गर्न थालेका छन् भने बहुसंख्यल