काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री ज्वालाले द्रुतमार्गको निर्माणका लागि आगामी आवका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको बताए।उनले मन्त्रालयको बजेट चालू आवको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको माग सम्बोधन गर्न सकिने अवस्था नरह