२६ भदौ, काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुख विकास पोखरेललगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आयोजना प्रमुख पोखरेल सेनाका प्राविधिक सहायक रथि हुन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई […]