सरकारले डोल्पामा रहेको शे–फोक्सोण्डोमा रिसोर्ट स्थापनाका लागि अध्ययन गर्ने भएको छ। पर्यटकीय सुविधा थप गर्ने लक्ष्यअनुसार सरकारले सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि सम्भाव्यता अध्ययन गराउन टेन्डर आब्हान गरेको छ। लगानी बोर्डले उक्त सम्भाव्यता अध्ययन गर्न मंगलबार बोलपत्र निकालेको हो। सरकारले पर्यटकलाई आर्कषित गर्न ३ हजार ६११ मिटरको उचाईमा रहेको सेफोक्सोण्डो ताल क्षेत्रको आसपासमा रिसोर्ट स्थापना गर्ने…