कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु

फागुन १५, कालीकोट । कालीकोटको पलाँता र पचाल झरना गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु गरेका छन् ।  पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको हो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर र्‍याफ्टिङ गरेर अध्ययन शुरु गरेको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए ।  कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत र्‍याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उनले बताए । ‘यहाँको पर्यटक प्रवर्द्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन शुरु गरेको छ’, उनले भने, ‘सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्नेछौँ ।’  उनले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताए । कर्णाली नदीमा र्‍याफ्टिङको सफल परीक्षण भएको र्‍याफ्टिङ पर्यटन व्यवसायीले मनराज सिंम्खडाले बताए । ‘कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३८१ मिटर रहेको छ’, उनले भने, ‘नेपाल सरकारको ६४औं र कर्णाली प्रदेश सरकारको ४०औं पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।’ गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचाल झरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचाल झरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् ।  पचाल झरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उनले बताए । रासस

सम्बन्धित सामग्री

चक्रपथमा ईबीआरटीको सम्भाव्यता अध्ययन गरिंदै

२२ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी) को सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । यसअघि पनि सम्भाव्यता अध्ययन अघि बढाए पनि प्राविधिक समस्या भएको भन्दै स्थगित भएको थियो । आइतबार बोर्डले पुनः सूचना जारी गर्दै ईबीआरटीको  निर्माण, सञ्चालन र व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गरेको छ । […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला : जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरेको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए।धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला, भदौ १७ । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला – जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्ला । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख […]

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

चीनको सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका  लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो। गण्डकी...

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने,

फलाम खानीको सम्भाव्यता अध्ययन सुरु

दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए।...