१०० दिनमा एक करोड २० लाख युक्रेनी विस्थापित

रुसले आक्रमण सुरु गरेयता एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका छन्।रूसले यूक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार १०० दिन पुगेको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यो अवधिमा दुवै देशका सयौँं सैनिक मारिएका छन् भने यूक्रेनी शहर भग्नावशेषमा परिणत भएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ। गत फेब्रुअरी २४ मा रुसले तीनतिरबाट युक्रेनमाथि आक्रमण थालेको थियो।यसैबीच युरोपेली संघले रूसबाट इन्धन ल्

सम्बन्धित सामग्री

रूस-युक्रेन युद्ध १०१ दिन : तस्बिरमा हेर्नुस् युक्रेनकाे दारुण अवस्था

कीभ । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि […]

रूस र यूक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख यूक्रेनी विस्थापित

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ ।

रुस-युक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख युक्रेनी विस्थापित

किभ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई...

रूस र यूक्रेनबीच युद्ध भएकाे आज सय दिन पूरा

काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) एक सय दिन पूरा भएको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् भने रुसी सेनाका तर्फबाट दशौं हजारौं निहत्था युक्रेनी नागरिक मारिएका छन् । १ करोड २० लाख नागिरक विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब […]

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६...

अफगानिस्तानलाई पाँच अर्ब डलर आवश्यक

अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ । ‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो याे सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहा

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।