रूस र यूक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख यूक्रेनी विस्थापित
एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ ।
जेनेभा– लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्यवृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए । उनले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए । लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन्।
आउँदो छ महिनामा सन्...
रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।’यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोन
काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार खाडी मुलुकको भ्रमणमा निस्केका छन् । उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी पुगेको बीबीसीले जनाएको छ । उनी उतैबाट रियाद पनि जाने जनाइएको छ । रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई […]
सियोल– दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ। यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो। ‘युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो […]
यूक्रेन र रूसबीच चलिरहेको युद्धले रूसका खेल टिमहरुलाई प्रभाव पारिरहेको छ । अघिल्लो दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल संघ (यूएफा) ले रुसको फुटबल टिमलाई प्रतिबन्ध लगाएको थियो ।