रुस-युक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख युक्रेनी विस्थापित

किभ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई...