कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल