उच्च अदालतमा उनन्चालिस न्यायाधीश सिफारिस

काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।

सम्बन्धित सामग्री

३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस

न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले लामो समयदेखि रिक्त जिल्ला अदालतको दरबन्दीमा न्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशको निर्णयपछि उनीहरू नियुक्त हुनेछन् । परिषद्ले उच्च अदालत जनकपुरका अस्थायी न्यायाधीश रत्नबहादुर बागचन्दलाई पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा पनि सिफारिस गरेको छ ।

पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश, रत्नबहादुर बागचन्द भए सिफारिस

काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका […]

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।  आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा ...

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।  आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा ...

न्यायाधीश सिफारिसमा किन मिचियो वरिष्ठता ?

न्यायाधीश सिफारिस हुँदा रोलक्रम भत्काइएको छ । रोलक्रममा उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला पहिलो वरीयतामा थिए । निरौला उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन् ।

न्यायाधीश सिफारिस नगरी अवकाश हुँदैछन् प्रधानन्यायाधीश कार्की

१७ साउन, काठमाडौं । प्रधानन्यायाधीश र कानुनमन्त्री बीचको मतभेदका कारण न्यायालयमा ठूलो संख्यामा रिक्त न्यायाधीश पदपूर्तिमा ढिलाइ भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बीचको चिसोपनाका कारण न्यायपरिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसकेको हो । १ असारमा प्रधानन्यायाधीश […]

सर्वोच्चदेखि अधिकांश उच्च अदालत कायमुकायमकै भरमा

काठमाडौं । न्याय निरुपणको महत्वपूर्ण निकाय अदालत हो । न्यायका लागि मुलुककै सर्वोच्च निकाय सर्वोच्च अदालत र मातहतका उच्च अदालत अहिले कायममुकायमकै भरमा चलिरहेका छन् । करिब १ वर्ष देखि न्यायप्रशासन नै नेतृत्वबिहीन हुँदा पनि न्यायाधीश सिफारिस गर्ने र पदस्थापना गर्ने विभिन्न बहानामा न्यायापरिषद चुकेको छ । जसले गर्दा विभिन्न मुद्दाको सुनुवाई प्रभावित हुने गरेको […]

सर्वोच्चमा ३ न्यायाधीश सिफारिस

काठमाडौं न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो ।