न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले लामो समयदेखि रिक्त जिल्ला अदालतको दरबन्दीमा न्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशको निर्णयपछि उनीहरू नियुक्त हुनेछन् । परिषद्ले उच्च अदालत जनकपुरका अस्थायी न्यायाधीश रत्नबहादुर बागचन्दलाई पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा पनि सिफारिस गरेको छ ।