काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। माघे संक्रान्तिमा तरुल तथा चाकु खानुपर्ने परम्परा छ। त्यसैले उक्त चाड नजिकिँदै जाँदा तरुलको माग पनि बढेको हो।माघे संक्रान्तिमा तरुलको माग धेरै हुने भएकाले तराईबाट ठूलो मात्रामा काठमाडौं ल्याइने गरिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा हरेक वर्ष माघे संक्रान्तिमा २० देखि २५ लाख रुपैयाँसम्मको तरुलको व्यापार हुने गरेकाे व्यापारीहरू बताउँछन्।