सल्यान : सल्यानमा तरुल खन्ने क्रममा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ स्वामिबासका ४२ वर्षीय भीमबहादुर भनिने धनबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।आलेले तरुल खनिरहेको ठाउँभन्दा करिब सय मिटरमाथि कालिमाटी गापा–६ जुमखोलाका ४५ वर्षीय घनश्याम घर्तीले पनि तरुल खनिरहेका थिए। त्यसै क्रममा घर्तीले ढुंगा पल्टाउँदा तरुल खनिरहेका आलेलाई ढुंगाले लागेको थियो।ढुंगा लागी गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु