काठमाण्डाै – भाेलि शनिवार मनाइने माघे सङ्क्रान्तिका लागि काठमाण्डौको बजारहरूमा तरुल किन्नेको चहलपहल बढेको छ । काठमाण्डाै उपत्यकाका दुई ठूला तरकारी बजार कालीमाटी र बल्खुमा तरुलको चाङ नै लागेको छ । यी थोक बजारमा तरुल किन्न बिहानैदेखि उपभोक्ताको भिड छ । बजारमा हिजो बिहीवारदेखि नै तरुल किन्ने र बेच्नेको भिड बढेको छ । दाउराका हार जस्तै गरी तरुल मिलाएर राखिएका छन् ।
बजारमा धेरैजसो सर्लाही जिल्लाबाट तरुल भित्रिएको छ । खान मिठो र अन्य तरुल भन्दा सस्तो हुने भएकाले तराईका जिल्लाको तरुलको कारोबार धेरै हुने गरेको छ ।...