हेटौंडा : वाग्मती प्रदेशका दुग्ध सहकारीले दूध उत्पादनको अवस्थाबारे हेरेर ‘दूधजोन’ घोषणा गरि उत्पादन अभिवृद्धि कार्यक्रम ल्याउन सुझाव दिएका छन्। गाईभैंसी पाल्ने किसानलाई उत्पादनमा उकास्ने खालका कार्यक्रम ल्याउनेदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मूल्य निर्धारण गर्नसमेत उनीहरुको आग्रह छ।
प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्वारा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि…