चार वर्षपछि एक जना वडाध्यक्षको मत परिणाम उल्टिएको छ। मत परिणाम उल्टिँदा त्यसबेला पराजित उम्मेदवार विजेता बनेका छन्।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख दिवाकर भुजेलले महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को आइतबार पुनः मतगणना हुँदा पहिलेका पराजित स्वतन्त्र उम्मेदवार रमेश रायले बढी मत प्राप्त गरेको जानकारी दिए । उनले सर्वोच्च अदालतको आदेशमा भएको पुनः मतगणनामा त्यसबेला विजेता घोषित अरुण चौधरीको रुख छापमा २६६ र पराजित भएका रायको पानको प...