कांग्रेसका भूगोल र आरक्षण केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (प्रदेश–१ खुला २) पदको मतपरिणाम आज सार्वजनिक भएको छ ।     प्राप्त मतपरिणामअनुसार अमृत अर्याल २३८९ मत र राजिव कोइराला २१५२ मत सहित निर्वाचित भएका छन् । उनीहरुका निकटम् प्रतिष्पर्धी आनन्द सन्तोषी राईले २०८१ मत ल्याए । यसैगरी अन्य उम्मेदवार अनिल कृष्ण प्रसाईले १४२२, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत प्राप्त गरेको समितिले जनाएको...

सम्बन्धित सामग्री

कांग्रेसका भूगोल र आरक्षण केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (प्रदेश–१ खुला २) पदको मतपरिणाम मंगलबार सार्वजनिक भएको छ ।

राज्य व्यवस्थामा महिला सहभागिता

राज्यको शासन व्यवस्था, निर्णय प्रक्रिया, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक प्रणालीमै सबै तह र तप्काका नागरिकको हक, अधिकारलाई स्थापित गरी मुलुकको सिङ्गो राज्य व्यवस्थालाई सबैको हो भन्ने भावनात्मक अपनत्व दिलाउनका लागि समावेशीकरणलाई एक माध्यमको रूपमा लिइन्छ । शासनमा कुनै एक वर्ग, क्षेत्र, लिङ्ग, भूगोल, भाषा, जातिको मात्र एकाधिकार नहोस् भन्ने मान्यताले विश्वका संविधान तथा कानुनहरूले समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित भएर निश्चित वर्ग वा क्षेत्रका नागरिकहरूलाई तोकिएको अधिकार पहिल्यै सुरक्षित हुने गरी स्थान तोकिएका बाहेक अन्य कसैको हक नलाग्ने गरी गरिएको कानुनी व्यवस्था नै आरक्षण हो । आरक्षणको व्यवस्था सकारात्मक विभेदको मान्यतामा गरिएको हुन्छ । पछाडि परेको निश्चित लिङ्ग, वर्ग र क्षेत्र आदिलाई माथि ल्याउन पहिल्यै माथि रहेको वर्गको अधिकारमा केही कटौती गरी तल परेकोलाई धकेलेर माथि लैजाने विधि भएकोले यसलाई सकारात्मक विभेदको अर्थमा हेरिंदै आइएको हो ।