एक घण्टा भइसक्यो ममा छट्पटी छाएको । मेरा रक्तनलीमा रगत प्रवाहको गति बढेको निकै समय भइसक्यो । भित्रबाट केही खबर आउँदैन । म पर्खिरहेछु, कसैको जबाफ सुन्नलाई ।अश्वमेधीको मुखबाट जबाफ सुन्नु थियो । भलै मैले इसारा गरेको उनले बुझेकी होलिन् या नहोलिन् । कलेजभरिका साथीले बुझिसकेका छन् । अश्वमेधीका लागि सुहाउँदो लकिर केटो मै हुँ । कलेजमा दिनभरी उनलाई नियाल्नु, घर पुगेर फोनमा उनको तस्बिरलाई नियाल्नु । यी दुई कार्य मेरा लागि दैनिकी भइसकेका थिए । उनी कलेज आउने, नआउने म अघिल्लो दिन नै पत्तो लगाउँथे । उनलाई पनि