माेरङ- मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधी खुवाउने तयारी छ। औषधी खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ। मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधी खुवाइने जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। मोरङमा यस अघि ११ औँ पटकसम्म हात्तीपाइलेविरुद्धको […]