धनगढीमा फर्जी मतबारेको विवाद मिल्यो, ११ बजेदेखि मतगणना गर्ने सहमति

३१ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद मिलेको छ । विवाद मिलेसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति जुटेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा मतगणना हुनेछ । […]

सम्बन्धित सामग्री

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए।निर्वाचन आयोगले स्याङ्जा २ को

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना

जनकपुरधाम : धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ४ को मतगणना सुरु भएको छ। मतगणनामा खटिने पार्टी प्रतिनिधिको विषयमा भएको विवाद साम्य भएपछि आज बिहान ११:३० बजेबाट मतगणना सुरु भएको हो। स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीहरु बस्न पाउने-नपाउने विषयमा हिजोदेखि विवाद भएको थियो। आज मतगणना गर्नेमा दलहरुबिच सहमति भएको हो। निर्वाचित जनप्रतिनिधि मतगणनाका लागि प्रतिनिधि…

धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक

काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अझै सुरु हुन सकेन धुलिखेलको मतगणना

४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको […]

प्रतिनिधिकाे विषयमा विवाद भएपछि तुलसीपुर मतगणनास्थलमा तनाव

दाङ : तुलसीपुर उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। सहमति भएलगतै मतगणना सुरु हुने प्रजिअ रेग्मीले बताए। मतगणना उच्च सरकारी वकिलको कार्यालय तुलसीपुको हलमा भइरहेको छ। एमालेका प्रतिनिधिले सहमति अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेका छन्।नेपाली कांग्रेसले गठबन्धनबाट पाँच जना र एमालेबाट एक जना मात्र हुनुपर्ने भन्दै एजे

विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु

चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो । विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा अबदेखि कर्मचारीलाई राम्रो व्यवहार गर्ने  सहमति भएपछि मतगणना प्रक्रिया सुरु भएको हो । मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना […]

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु

ललितपुर, ३१ वैशाख : ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । महालक्ष्मी नगरको मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन । तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् । प्रतिनिधि विवाद र उम्मेदवार […]

मकवानपुर गढी गाउँपालिकामा तत्कालका लागि मतगणना स्थगित

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भए पनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै विरोध भएपछि विवाद भएको हो । अहिले मत गणना रोकिएको छ । अहिलेसम्म […]

डोटीकाे सिलगढी नगरपालिकामा सहमति बिना नै मतपेटिका खोलेपछि विवाद, मतगणना रोकियो

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मतपेटिका खोलेको भन्दै विवाद हुँदा मतगणना रोकिएको छ । सर्वदलीय बैठक नबसी, मतगणना आचारसंहिता नबनाइ, उम्मेदवारहरुको अनुपस्थितिमा मतपेटिका खोलिएको भन्दै यहाँका दलहरुले विवाद सृजना गरेपछि उक्त पालिकामा मत गणनाको कार्य अघि बढाउन नसकिएको हो ।  मतपेटिका खोलिएका विषयमा उत्पन्न विवादलाई समाधान गर्नका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यहाँका सबै दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसीर...