सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो ।
शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ ।
कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...