डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मतपेटिका खोलेको भन्दै विवाद हुँदा मतगणना रोकिएको छ ।
सर्वदलीय बैठक नबसी, मतगणना आचारसंहिता नबनाइ, उम्मेदवारहरुको अनुपस्थितिमा मतपेटिका खोलिएको भन्दै यहाँका दलहरुले विवाद सृजना गरेपछि उक्त पालिकामा मत गणनाको कार्य अघि बढाउन नसकिएको हो ।
मतपेटिका खोलिएका विषयमा उत्पन्न विवादलाई समाधान गर्नका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यहाँका सबै दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसीर...