काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।