कास्की – पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गर्नुभएकाे छ ।
थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गर्नुभएकाे हाे । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएकाे छ ।
यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जित्नुभएकाे थियाे । पाँच हजार आठ सय ४३ मतद...