विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो । विश्व बैंकको कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो । ‘कोभिड–१९ को