विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ( करिब १८ अर्ब ३१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग दिने भएको छ । बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग गर्ने गरी उक्त रकम उपलब्ध गराउने भएको हो । बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।‘वृद्धिका लागि वित्त’ विषयक यस सहयोगले