दिदी–बहिनी नहुनेलाई काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्