पाल्पा : घरअगाडि पिच सडक। राजधानी काठमाडौंदेखि छुटेका गाडी यो सडक हुँदै गुल्मी, बागलुङ पुग्ने गर्छन्। जुन सडकमा मन्त्रीदेखि धनाढ्य व्यक्तिका चिल्ला गाडी गुड्छन्। त्यही सडक छेउको कान्लामा एउटा सानो टिनको छाप्रो छ।छाप्रोभित्र तिनै गाडीले उडाएको धुलो पस्छ तर कुनै प्रतिष्ठित मानिस उनको घरमा पस्दैनन्। रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित मालमुलकी सीता खड्का बस्ने घर यही हो।उनी ४५ वर्षकी भइन्। ५० वर्षीय श्रीमान्सहित चारजनाको परिवार छ। पढ्दै गरेका दुई छोराछोरी छन्। श्रीमा