बाढीपहिरो जस्ता प्रकृतिक विपद्का बेला प्रभावित व्यक्ति र परिवारलाई सहयोग जुटाउन सामाजिक अभियन्ताहरू सक्रिय हुन्छन् । यसबाट प्रभावितलाई तात्कालिक सहयोग प्राप्त पनि हुन्छ ।
तर सहयोग जुटाउने नाममा अस्वाभाविक हर्कत र अनियमितता हुने आशंका समेत व्यक्त गरिन्छ । यस्तै घटना हालसालै जर्मनीमा भएको छ ।
प्रख्यात टेलिभिजन प्रस्तोताले बाढी प्रभावितलाई सहयोग जुटाउने नाममा अस्वाभाविक क्रियाकलाप गरेपछि उनलाई जागिरबाट हटाइएको छ ।
जर्मनीको बेड मुनस्टेरेफेल शहरमा बाढी प्रभावितको रिपोर्टिङ गर्ने क्रममा ३९ वर्षीया सुजैना ओहलेनले कपडा र अनुहा...